बस दुर्घटना हुँदा ९ जनाको मृत्यु , २७ जना घाइते

0
77

बैतडीको पाटन नगरपालिका-८ खोड्पेमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन् । 

प्रहरीले जनाए अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगरको लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक गएराति करिब साढे १० बजेतिर सडकबाट खसेर दुर्घटना भएको हो । 

८ जनाको घटनास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ।उपचारका क्रममा डडेल्धुरा अस्पतालमा कञ्चनपुरको भिमदत्त नगरपालिका ८ की १५ वर्षीया कृतिका कार्कीको ज्यान गएको छ ।  दुर्घटनामा ज्यान गुमाउनेमध्ये बैतडीको दोगडाकेदार-६ का प्रहरी जवान रणबहादुर चन्द, नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल बडु र तारा गिरीको नाम खुलेको छ तर उनीहरुका ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।अन्य घाइतेहरुको डडेल्धुरामा उपचार भइरहेको छ ।