आजको राशिफल : २०७७ कार्तिक २८ गते (२०२० नोभेम्बर १३) शुक्रबार

0
75

मेष

सन्तान सुख प्राप्त हुनेछ । साथीभाइ तथा इष्टमित्रसंग भेटघाट हुनेछ । व्यापार व्यवसायमा लाभ हुनेछ । 

वृष

व्यवसायमा लाभ हुनेछ। नौकरीमा पदोन्नतिको योग छ । दुर्घटना हुने योग भएकोले सावधानी अपनाउनुहोला । कामले गर्दा थकानको महसुस हुनेछ ।

मिथुन

व्यापारीहरुका लागि आजको दिन राम्रो रहेको छ । नयाँ योजनाहरु बन्नेछन् । आर्थिक लाभ हुनेछ । विदेशमा रहने आफन्तको शुभ समाचार सुन्न पाइएला। 

कर्कट

लामो दुरीको यात्राको योग रहेको छ । तीर्थ यात्रा गर्ने सम्भावना रहेको छ। कडा मेहनतको योग रहेको छ ।

सिंह

दुर्घटनाबाट बच्न आफ्नो रिसमा नियन्त्रण गर्नुपर्नेछ । सहकर्मी तथा आफन्तसंग मनमुटाव हुन सक्छ । थकान महसुस हुनेछ ।

कन्या

मंरोंजनमा ध्यान जाला ।साथीभाइ तथा आफन्तजानसंगको भ्रमणको योग रहेको छ । मिष्ठान्न भोजन तथा नयाँ वस्त्र प्राप्त होला ।

तुला

मान प्रतिष्ठा मिल्नेछ । व्यापार व्यवसायमा लाभ हुनेछ । प्रेमीप्रेमीकाको लागि शुभ समय रहेको छ ।

वृश्चिक

आज परिवारमा हर्षोल्लास छाउनेछ । मानसम्मान मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । आफ्नो क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । 

धनु

सहकर्मीको सहयोग प्राप्त हुनेछ । रोगबाट मुक्ति मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । शत्रु नाश हुनेछन् ।

मकर

मानसिक तनाव बढ्ने योग रहेको छ । मनमा आनावश्यक कुराहरु खेल्नेछन। दुविधा बढ्नेछ ।

कुम्भ

जमिन सम्बन्धि काममा विवाद आउन सक्ने सम्भावना रहेकोले सावधान रहनुहोला। पढाइमा मन जानेछैन । अनावश्यक विचारहरु पैदा हुनेछन् ।

मीन 

यात्राको लागि आजको दिन राम्रो रहेको छ । काम सफल हुनेछन् । लोकप्रियता तथा प्रसिद्धि कमाउन सकिनेछ । शत्रुमाथी विजय प्राप्त होला ।