पूजा गर्दा शिर किन छोप्ने ? यस्तो छ धार्मिक महत्व

0
398

एजेन्सी । हिन्दु समुदायमा पूजा गर्दा आफ्नो शिर छोप्ने प्रचलन छ । महिलाहरुले आफ्नो पछ्यौरा या सारीको आंचलले आफ्नो शीर छोप्ने गर्छन् । त्यस्तै कतिपय समुदायमा पुरुषहरुले पनि मन्दिरमा भगवानको अगाडी पुग्दा रुमालले शीर छोप्ने गर्छन् । पूजा गर्नुभन्दा अगाडी पण्डितले पनि शीर छोप्न निर्देशन दिने गर्छन् ।

मन्दिर या पूजा गर्ने कुनै पनि ठाउँलाई पवित्र स्थल मानिन्छ । उक्त ठाउँमा शीरमा केही कपडा राखेर उभिंदा या शीर छोपेर रहंदा नकारात्मक सोंच, नकारात्मक ऊर्जा टाढा भाग्छ भन्ने मान्यता छ । यसले गर्दा आफूभित्र पनि सकारात्मक सोंच उत्पन्न हुन्छ, मन शुद्ध रहन्छ र अर्कोतर्फ उक्त स्थलको सकारात्मक ऊर्जा कुनै अवरोध बिना आफू भित्र आउन पाउँछ । यसले गर्दा व्यक्तिलाई शान्ती, विश्वास, धैर्यता र सकारात्मक ऊर्जा मिल्छ ।

पूजा गर्न या भगवानको ध्यान गर्नको लागि मन एकाग्र हुनु आवश्यक छ । मान्छे अनेक तनाव र अव्यवस्थित परिस्थतिहरु लिएर भगवानको अगाडी जान्छ । शिर छोपेर भगवानको अगाडी उभिंदा व्यक्ति आफू अगाडीको कुरामा मात्र केन्द्रित हुन सक्छ, अर्थात ऊ पूजामा एकाग्र हुनसक्छ ।

भगवानलाई हामीले हामी सबैभन्दा माथी मान्छौं । शिर छोपेर भगवानको अगाडी उभिनु भनेको भगवानलाई उच्च स्थानमा मान्नु, भगवान प्रति सम्मान प्रकट गर्नु हो । त्यसैले हाम्रो समाजमा परिवारका ज्येष्ठ सदस्यलाई ढोग गर्दा पनि शिर छोपेर ढोग गर्ने चलन छ ।