काठमाडौं । नेपाली हिन्दुहरुको दोस्रो महान चाड मानिने तिहार नजिकिएको छ । तिहारमा दिदी बहिनीहरुले दाजुभाइलाई टिका लगाइदिएपछि मीठा परिकारहरु दिने गर्छन् । ती मीठा परिकारमा विशेष गरि रोटीहरु हुन्छन् । ती रोटी मध्ये फिनी रोटी पनि पर्छ ।
फिनी रोटी बनाउन आवश्यक सामग्री
मैदा, चामलको पीठो, घ्यु, तेल

विधि
सुरुमा मैदालाई राम्रोसंग मुछ्नुपर्छ ।
मैदा राम्रोसंग मुछिसकेपछि केही छिन छोपेर राख्नुपर्छ ।
एउटा सानो भाँडामा चामलको पीठो राख्नुपर्छ र त्यसमा घ्यु राखेर मुछ्नुपर्छ ।
अघि मुछेको मैदालाई ठूलो आकारमा लिएर बेल्नुपर्छ ।
अब त्यसमा चामलको पीठो लगाएर फर्काउनुपर्छ ।
त्यसपछि सानो सानो टुक्रा गरेर काट्नुपर्छ ।
अब फिनी आकारमा बेलेपछि तेलमा पकाउन सकिन्छ ।