तिहार विशेष परिकार : अनारसा बनाउने तरिका ( भिडियो )

0
188

काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड मानिने तिहार नजिकिदै छ । तिहारमा रोटीका परिकारलाई विशेष मानिन्छ । रोटीमा अनारसालाई विशेष मानिन्छ । गुलियो स्वादको हुने यो रोटी विशेषगरि घ्युमा बनाइन्छ ।

अनारसा बनाउन आवश्यक सामग्री 

चामलको पीठो

चिनी, घ्यु, तील

विधि

चामलको पीठोमा चिनी राख्ने ।

चिनी राख्दा पीठोको आधा भाग राख्नुपर्छ ।

त्यसपछि थोरै कागतीको रस राखेर त्यसलाई राम्रोसंग मुछ्नुपर्छ ।

अब त्यसलाई थिच्ने र केही घण्टा यत्तिकै छोड्नुपर्छ ।

त्यसपछि हातमा घ्यु लगाउंदै मिच्दै गर्नुपर्छ ।

अब त्यसलाई रोटीको आकार दिंदै तिल राख्नुपर्छ ।

एउटा भाँडोमा घ्यु तताउने ।

तील लगाएको भाग माथी पर्ने गरि एकतिर मात्र पकाउने ।