कोरोनाका कारण गरिबीमा धकेलिए १५ करोड बालबालिका

0
81

संयुक्त राष्ट्रको संस्था युनिसेफका अनुसार कोरोना महामारी र लकडाउनका कारण संसारभरी करिब १५ करोड बालबालिका गरिबीमा धकेलिएका छन् ।

अहिले संसारमा कोरोना संकटका कारण गरिब भएका बालबालिका मिलाएर करिब १.२ अर्ब बालबालिका गरिब भएका छन् ।

युनिसेफ र बाल अधिकारका लागि काम गर्ने संस्था सेभ द चिल्ड्रेनले बालबालिकाको गरिबीबारे यो नयाँ विश्लेषण गरेको हो ।

रिपोर्टका अनुसार कोरोनाको समयमा करोडौं बालबालिका गरिब भए भने पहिले नै गरिब भएका बालबालिका झन् गरिब भएका छन् ।

नयाँ अध्ययन अनुसार महामारी र लकडाउनका बेला गरिब बालबालिकाको संख्यामा १५ प्रतिशतले वृद्धि भएको छ जसले शिक्षा, स्वास्थ्य, घर, पोषण, सर–सफाई र पिउने पानीको सुविधा पाउन सकेका छैनन् । युनिसेफले अबको समयमा स्थिती थप बिग्रन सक्ने चेतावनी दिएको छ ।