साउथ अष्ट्रेलियामा ४५ वर्ष उमेर नाघेका र अंग्रेजीमा कम दक्ष भएकाहरुलाई पनि पीआरको अवसर

0
48

एडलेड। साउथ अष्ट्रेलियामा ४५ वर्ष उमेर नाघेका र अंग्रेजीमा कम दक्ष भएकाहरुलाई पनि स्थायी भिसा (पीआर) को अवसर मिल्ने भएको छ।

साउथ अष्ट्रेलिया सरकारले Designated Area Migration Agreement (DAMA) मा यो वर्ष केही परिवर्तन ल्याएपछि पीआरको लागि धेरैलाई अवसर मिल्ने भएको हो।

DAMA अन्तर्गत साउथ अष्ट्रेलियाले नयाँ पेशाहरु थपेको छ। नयाँ पेशाहरु कोरोना महामारी पछिको तत्कालको अवस्थामा सहयोग गर्ने स्वास्थ्य, उत्पादन, प्रविधि, कृषि, खाद्यान्न आदि क्षेत्रका रहेका छन्। केही पेशाहरु जनरल स्किल्ड माइग्रेसन अकुपेशनको सुचीमा नभएका पेशाहरु समेत छन्।

त्यस्तै, उमेरहदमा पनि यसपाली केही पेशाको लागि परिवर्तन गरिएको छ। ४५ वर्ष उमेर नाघेकाहरुका लागि केही पेशा उपलब्ध हुने बताइएको छ। अंग्रेजी भाषा दक्षतामा पनि केही पेशामा छुटको संकेत गरिएको छ।

Designated Area Migration Agreement (DAMA) अन्तर्गत साउथ अष्ट्रेलिया सरकारका दुई कार्यक्रम रहेका छन् । पहिलो कार्यक्रम Adelaide Metropolitan region र दोस्रो कार्यक्रम South Australian Regional Workforce Agreement रहेका छन् ।

यसरी उपलब्ध हुने स्पोन्सर्ड भिसा कम्पनी मालिकहरुले आप्रवासी कामदारलाई स्पोन्सर गर्नुपर्ने हुन्छ । यो भिसाले पीआरको लागि अवसर दिन्छ।

Source : SBS News