काठमाडौं । खानाको परिकार बनाउँदा आलुका विभिन्न परिकारहरु बनाउन सकिन्छ । आलुलाई नकाटी पकाइने आलुदम आलुको एक स्वादिष्ट परिकार हो, जुन मासु, चिउरा वा यत्तिकै पनि खान सकिन्छ । आलुदम घरमै सजिलो तरिकाले बनाउन सकिन्छ ।
सामग्री :
उसिनेको आलु, प्याज , टमाटर, धनियाँ, खुर्सानी
गरम मसला, धनियाँको दाना, जिरा, बेसार, नुन
अदुवा र लसुन
विधि :
सबै आलुमा काँटा चम्चाले प्वाल पार्ने ।
त्यसपछि तेल तताएर बेसार र खुर्सानी फुराउने र आलु राख्ने ।
त्यसपछि नुन पनि राखेर चलाउने ।
आलु फ्राई भएपछि एउटा भाँडोमा निकाल्ने।
त्यो बाँकी तेलमा लसुन, अदुवा, प्याज, खुर्सानी, टमाटरको मिक्स पकाउने ।
मिक्स केही सेलाएपछि मिक्सरमा मिक्स गर्ने ।
थोरै तेलमा जिरा र धनियाँ फुराउने र त्यसमा मिक्सलाई राखिदिने ।
अब त्यसमा बाँकी मसला राखेर राम्रोसंग चलाउने ।
त्यसपछि फ्राई गरेर राखेको आलु पनि राखेर चलाउने।
केही छिन पछि पानी राखेर चलाउने र छोपेर पकाउने ।