
मेष
नयाँ सम्पत्ति खरिद गर्नको लागि आजको दिन उचित रहने छैन । नोकरीमा कठीन परिस्थितिको सामना गर्नुपर्नेछ ।
वृष
व्यापारमा आएका नयाँ अवसरमा केही जोखिमको सामना गर्नुपर्नेछ । स्वास्थ्य राम्रो रहनेछ । प्रेमसम्बन्ध सुमधुर रहनेछ ।
मिथुन
कडा मिहिनेतका कारण प्रोत्साहन तथा प्रशंसा मिल्नेछ । सामाजिक सम्बन्धका कारण फाइदा मिल्नेछ । स्वास्थ्यमा समस्या उत्पन्न हुनेछ ।
कर्कट
आर्थिक लाभ मिल्नेछ । साझेदारको पूर्ण सहयोग रहनेछ । परिवारमा तनाव उत्पन्न हुनेछ ।
सिंह
इष्टमित्रको साथ र सहयोग मिल्नेछ । विवाहको चर्चा चल्नेछ । हाडजोर्नी दुखाइले चिन्तित बनाउनेछ ।
कन्या
आर्थिक लाभ मिल्नेछ । परिवारमा तनाव उत्पन्न हुन सक्नेछ । आमाको सल्लाहले काम बन्नेछ ।
तुला
धार्मिक कामको लागि खर्च बढ्नेछ । साझेदारीको कामले लाभ मिल्नेछ ।
वृश्चिक
विचारको आदान प्रदानले गर्दा बौद्धिक क्षमतामा वृद्धि हुनेछ । चल अचल सम्पत्तिको बारेमा आज निर्णय नलिनु उचित हुनेछ ।
धनु
सरकारी तर्फबाट लाभ प्राप्त गर्न सकिनेछ । अवसरलाई चीन्न सकेमा व्यवसायमा आज गरिएका निर्णयले पछि ठूलो फाइदा पुर्याउनेछन् ।
मकर
रोजगारीका अवसरहरु मिल्नेछन् । परिवारका महिला सदस्यको सहयोगले काम सम्पन्न गर्न सकिनेछ ।
कुम्भ
आर्थिक लेनदेन गर्दा या कुनै पनि सम्झौता गर्दा विशेष सावधानी अपनाउनुपर्ने समय रहेको छ । सामाजिक काम या समारोहमा सहभागी भइनेछ ।
मीन
काम बिना अवरोध सुचारु हुनेछन् । ठूलो सम्झौताको कामले अन्तिम रुप लिनेछ । मनमा शान्ती छाउनेछ ।