सामग्री :
एक किलो हड्डी नभएको खसीको मासु,
एक-एक चम्चा लसुन र अदुवाको पेस्ट,
एक चम्चा गरम मसला, एक-एक चम्चा धनियाँ र जीराको धूलो,
सुकेको रातो खुर्सानीको धूलो दुई चम्चा,
दुई चम्चा खाने तेल, चारदेखि पाँच चम्चा रम, नुन स्वादअनुसार ।
विधि :
मासुलाई सानो चौकोर टुक्रामा काट्ने र खलमा प्रत्येक टुक्रालाई एकपटक हल्कासँग कुट्ने । खल नभएको खण्डमा सिलौटामा पनि कुट्न सकिन्छ ।
त्यसरी कुटिएको मासुमा माथि उल्लेखित सबै मसला हालेर कम्तीमा दुई घण्टा त्यसै छाडिदिने ।
त्यसपछि झीरमा मासुका टुक्राहरू उनेर कोइलाको रापमा कम्तीमा पनि छ इन्चको दूरीबाट बिस्तारै सेक्दै जाने ।
मासु राम्रोसँग पाकेपछि प्याजको रिंग र कागतीको टुक्राले सजाएर चिउरासँग साँझको स्न्याक्सका रूपमा सर्व गर्ने ।