अष्ट्रेलियाको भिक्टोरियाका प्रिमियरद्वारा नेपालीहरुलाई दशैंको शुभकामना

0
322

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यका प्रिमियर डानियल एन्ड्रयुले नेपाली समुदायलाई बडा दशैंको शुभकामना दिएका छन्। उनले प्रेस विज्ञप्ति जारि गर्दै भिक्टोरियामा ठूलो संख्यामा रहेका नेपालीहरुको सबैभन्दा ठूलो पर्व रहेको भन्दै शुभकामना व्यक्त गरेका हुन्।

शुभकामना संदेशमा उनले नेपाली समुदायले आफ्नो सबैभन्दा ठूलो पर्वमा पनि सधैका वर्षभन्दा अलग तरिकाले संयमताका साथ मनाउँदै गरेकोमानेपाली समुदायलाई धन्यवाद समेत दिएका छन्।