

एजेन्सी। आफ्ना साना बालबच्चालाई मोबाइल दिने बानी भएकाहरुले सावधानी अपनाउनुपर्ने भएको छ।
अमेरिकाकी ३० वर्षिया Emily Schmitt चार सन्तानकी आमा हुन्। द सन पत्रिकाका अनुसार, एक दिन उनले आफ्नी दुई वर्षिया छोरीलाई मोबाइल दिइन् र आफू फ्रेस हुने कपाल सुकाउने गर्न थालिन्।
केहीछिन पछि जब एमली मोबाइल लिइन् , उनी आत्तिइन्। कोही सहकर्मीले उनलाई संदेश पठाएको थियो, “नाङ्गो फोटोको लागि धन्यवाद “। त्यसपछि उनले थाहा पाईन् कि, उनकी ती अवोध छोरीले उनी नाङ्गो भएको समयमा पछाडीपट्टिबाट नाङ्गो ढाडको फोटो लिइछन् र विभिन्न व्यक्तिलाई पठाइछन्।
बच्चीले त्यो फोटो स्न्यापच्याटमा समेत सेयर गरिदिएकी थिइन्। एमले फोटो पछाडीको कथा बताएर सबैसंग माफी मागेको बताएकी छिन्।