अष्ट्रेलियामा दशैं : घरदेखि टाढा हुँदा नरमाइलो, इभेन्ट नहुँदा झन् शुन्य

0
333
  • सुजन खरेल ( डाइरेक्टर, सहि हो इभेन्ट एण्ड इन्टरटेनमेन्ट ) / यसपालीको दशैं योजना

अरु वर्षको दशैंजस्तो भएको भए केही इभेन्टमा व्यस्त भइन्थ्यो होला। दशैंको समयमा घरपरिवारसंगै रमाइलो लाग्छ। यसरी घर परिवार देखि टाढा भएर दशैं मनाउनु पर्दा नरमाइलो लाग्छ। त्यसमाथि कोरोना महामारीका कारण कुनै इभेन्ट नहुँदा यसपालीको दशैं शुन्य भएको छ।

टीकाको दिन कामबाट छुट्टी नमिल्दा अझ दु:ख लाग्छ। कति साथीहरुको छुट्टी छैन। मेरो भने त्यो दिन छुट्टी परेको छ।

लकडाउनले गर्दा पहिले जस्तो धेरै साथीभाइ संगै मिलेर मनाउने अवस्था पनि छैन। त्यहि हो, दुई चार जना साथीसंग मिलेर रमाइलो गरिन्छ। खसीको मासु ल्याइन्छ, खाइन्छ। टीका-जमरा लगाइन्छ।

प्रार्थना गरौँ, महामारी हटोस् , अर्को वर्ष रमाइलो गर्न पाऊँ। दशैंको सबैलाई शुभकामना !

( विजयादशमी २०७७ को अवसरमा हिमालयन कंगारूले दशैं विशेष स्तम्भ ‘अष्ट्रेलियामा दशैं’ लिएर आएको छ। आफ्नो दशैं योजना, अनुभव बाँड्न चाहनुहुन्छ भने हामीलाई [email protected] या फेसबुक म्यासेज मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। )