अष्ट्रेलियाको रिजनल भिक्टोरियाका लागि यस्ता छन् आजदेखि खुकुलो गरिएका नियम

0
169
Photo Source : www.domain.com.au

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आज रातीदेखि लकडाउन खुकुलो हुनेभएको छ। कोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउन नयाँ संक्रमित घट्दै गएका कारण खुकुलो बनाइएको हो।

सिटि क्षेत्रको तुलनामा रिजनल भिक्टोरियामा लकडाउनका प्रतिबन्धहरु धेरै खुकुलो बनाइएको छ। परिवर्तन गरिएका नियमहरु आज राती १२ बजे पछाडीदेखि लागु हुनेछन्।

भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयूका अनुसार, रिजनल भिक्टोरियाका क्याफे, पब लगायत हस्पिटालिटी क्षेत्रमा भित्र ४० जना र बाहिर ७० जनाको लागि अनुमति हुनेछ।

दश जना व्यक्तिका ४ समूह बाहिर पार्कमा जम्मा हुन सक्नेछन्। दुई वयस्क र दुई बच्चाहरु गरि चार जना एक पटकमा एक दिनको लागि पाहुना लाग्न पाउनेछन्।

रिजनल लाइब्रेरी र टोय लाइब्रेरी २० जना सम्मको लागि खुल्ला गर्न पाइनेछ। तर, अनुमति प्राप्त कामको लागि मात्र रिजनल भिक्टोरियावासीले बोर्डर काट्न पाउनेछन्।

विस्तृत जानकारी :