अष्ट्रेलियाको न्यु साउथ वेल्समा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

0
296

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार बिहानसम्म पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमित मध्ये १ जनालाई समुदाय स्तरबाट संक्रमण सरेको बताइएको छ। उनलाई Great Beginnings चाइल्डकेयर सेन्टरबाट संक्रमण सरेको हो।

नयाँ संक्रमित अन्य ४ जना भने होटल क्वारेन्टिनमा रहेका व्यक्तिहरु हुन्।