रेष्टुरेन्टमा जस्तै स्वादिष्ट हुनेगरि खसीको मासु पकाउने तरिका ( भिडियो )

0
401

काठमाडौं । नेपाली हिन्दुहरुको महान चाड बडा दशैं नजिकिएको छ । दशैंमा विशेष गरि खसीको मासुका परिकार खाने चलन छ । खसीको मासु हरेक जसो नेपाली परिवारको भान्सामा पाक्ने गर्छ । तर केही कुरा, केही कुरा थपेर खसीको मासुलाई थप स्वादिष्ट बनाउन सकिन्छ ।

आवश्यक सामग्री :

खसीको मासु , टमाटर, लसुन र अदुवा, धनियाँ, सुकेको खुर्सानी

जीरा, गरम मसला, प्याज, नुन, बेसार, तोरीको तेल

खुर्सानीको धुलो, तेजपत्ता सुकमेल लगायतका मसला

विधि :

सुरुमा जीरा र धनियाँलाई पिस्ने र त्यसपछि लसुन अदुवा राखेर पिस्ने ।

अब त्यो मसलालाई मासुमा राख्ने र राम्रोसंग मोल्ने ।

त्यसपछि त्यसमा नुन, तेल, बेसार राखेर मोल्ने ।

राम्रोसनग मोलेपछी छोपेर राख्ने ।

अब एउटा भाँडामा तेल तताउने र तेल तातेपछि प्याज फुराउने ।

प्याज खैरो भएपछी टमाटर राख्ने र केही छिन छोपेर पाक्न दिने ।

त्यसपछि त्यसलाई सेलाउन दिने र पेस्ट बनाउने ।

अब एउटा भाँडोमा तेल तताउने र तेल तातिसकेपछि तेज्पत्ता, सुकमेल लगायतका मसला फ्राई गर्ने ।

फ्राई गरेपछि त्यसमा मासु राख्ने र पकाउने ।

अब मासुलाई चलाउने र त्यसमा गरम मसला र प्याज टमाटरको पेस्टलाई राख्ने ।

त्यसपछि त्यसलाई राम्रोसंग चलाउने र छोपेर पकाउने ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus