अष्ट्रेलियाको न्यु साउथ वेल्समा थपिए १४ नयाँ संक्रमित : ११ जनामा समुदाय स्तरबाट संक्रमण

0
69

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा १४ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना भाइरसका नयाँ संक्रमित घटेको न्यु साउथ वेल्समा केही दिन यता संक्रमित संख्या बढ्न थालेको हो।

पछिल्लो २४ घण्टामा भेटिएका चौध जना नयाँ संक्रमित मध्ये ३ जना होटल क्वारेन्टिनमा रहेका व्यक्ति हुन् भने बाँकी ११ जनालाई समुदाय स्तरबाट संक्रमण सरेको बताइएको छ ।