अष्ट्रेलियाबाट आयोजित अनलाइन तीज नृत्य प्रतियोगितामा भिडियो पठाउने बुधबार अन्तिम दिन

0
59

मेलबर्न। अष्ट्रेलियाबाट आयोजित अनलाइन एकल तीज नृत्य प्रतियोगितामा भाग लिन चाहनेहरुले भिडियो पठाउनको लागि भोलि अन्तिम दिन रहेको छ। प्रतियोगिता गुल्मी समाज अष्ट्रेलिया र नेपअस क्रियुको संयुक्त आयोजनामा हुन लागेको हो।

प्रतियोगितामा नेपाल, अष्ट्रेलिया र न्युजिल्याण्डबाट भाग लिन सकिने उल्लेख गर्दै हालसम्म उत्साहजनक रुपले प्रतियोगीबाट भिडियो आइरहेको आयोजकले जनाएका छन्।

प्रतियोगितामा भाग लिन चाहनेहरुले अगस्ट १९ को दिन दिउँसो ४ बजे सम्ममा nepausdance098@gmail.com मा आफ्नो नाम, ठेगाना, देश र उमेर उल्लेख गरि आफ्नो एकल नृत्य प्रस्तुति रहेको भिडियो पठाउनु पर्नेछ। भिडियोमा नेपाली पहिरन लगाएको हुनुपर्नेछ र सुरुमा बढीमा बीस देखि तीस सेकेन्डको आफ्नो परिचय दिनुपर्नेछ। प्रतियोगी तेह्र वर्ष माथि उमेरको हुनुपर्नेछ।

आयोजकका अनुसार, सबै प्रतियोगीहरुबाट निर्णायक मण्डलले उत्कृष्ट १० जना छनोट गर्नेछन्। त्यसपछि ती उत्कृष्ट १० प्रतियोगिका भिडियोहरु सामाजिक संजालमा अगस्ट २० तारिख अर्थात हरितालिका तीजको दिनमा राखिनेछ। ती भिडियोलाई कतिले मन पराउँछन् अर्थात लाइक, कमेन्ट, सेयर कति हुन्छ त्यसलाई मूल्यांकनमा जोडिनेछ।

निर्णायक मण्डलको मूल्यांकन र सामाजिक संजालको प्रतिक्रिया जोडेर आएको नतिजा अगस्ट २२ तारिख अर्थात ऋषि पंचमीको दिनमा सार्वजनिक गरिने आयोजकले बताएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगितालाई क्रमश ७५०, ५०० र २५० डलर पुरस्कार राशी रहेको छ।

Cake to Nepal >> fathers-day-menu