जापानमा पारदर्शी र रङ्गीन सिसाले बनेका सार्वजनिक शौचालय

0
133

एजेन्सी। जापानको एक पार्कमा पारदर्शी र रङ्गीन सिसाले बनेका सार्वजनिक शौचालय प्रयोगमा आउन थालेका छन्।

टोक्योको पब्लिक पार्कमा निर्माण गरिएका ती शौचालय अवार्ड विजेता आर्किटेक्ट Shigeru Ban ले अन्य आर्किटेक्टसंगको सहकार्यमा डिजाइन गरेका हुन्।

शौचालय निर्माणमा प्रयोग गरिएका सिसा ‘स्मार्ट ग्लास’ रहेको बताइएको छ। शौचालय भित्र गएर दिशा-पिसाब गर्ने ठाउँमा पुगेपछि सिसा पारदर्शीबाट अँध्यारो बन्न जान्छ र बाहिरबाट कसैले पनि देख्न सक्दैन।

निप्पोन फाउन्डेसनले निर्माण गरेका ती शौचालय सरसफाई र सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको बताइएको छ। पारदर्शी हुनाले शौचालयको सरसफाईको बारेमा बाहिरबाट नै थाहा हुन्छ। त्यस्तै, भित्र कोही गएको छ भने बाहिरबाट अर्को व्यक्तिलाई थाहा हुन सक्छ।

संस्थाले यसले गर्दा शौचालयमा महिलामाथि हुने दुर्व्यवहारलाई पनि रोक्न मद्दत मिल्ने बताएको छ। यसको साथै रातको समयमा ती रंगीन सिसाबाट आउने उज्यालोले पार्क रंगीन र सुन्दर देखिन्छ।

Cake to Nepal >> fathers-day-menu