म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने पक्राउ

0
86

काठमाडौं । राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहका एक जनालाई प्रहरीले पक्रेको छ । राष्ट्रिय झण्डा जलाएर त्यसलाई भिडियो बनाएर सार्वजनिक गर्ने  इजास लिम्बु पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार उनी भिडिओका ‘क्यामेराम्यान’ हुन्। यद्यपी उनको परिचय भने खुलाइएको छैन। यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङ लगायत म्युजिक भिडियो बनाउन संलग्न अन्य सबैलाई प्रहरीले खोजी गरिरहेको छ।