आज खीर खाने दिन, यसरी बनाउनुहोस् स्वादिष्ट खीर

0
400

काठमाडौं । नेपाली परिकार मध्ये खीर स्वादिष्ट र विशेष परिकार मानिन्छ । विभिन्न धार्मिक, सामाजिक कार्य देखि विशेष दिनमा समेत खीरलाई विशेष परिकारको रुपमा समावेश गर्ने गरिन्छ ।

खीर पकाउनको लागि आवश्यक सामग्री

– चामल (बासमती वा ताइचिन) ः १ कप

– दुध ः १ लिटर

– चिनी ः १ ठुलो चम्चा

– काजु (टुक्रा पारिएको) ः २ सानो चम्चा

– नरिवल (टुक्रा पारिएका) ः २ सानो चम्चा

– छोकडा (टुक्रा परिएको) ः २ सानो चम्चा

– सुकमेल ः २ / ३ पिस

– किसमिस ः ६ / ७ पिस

– ल्वाङ ः २ / ३ पिस

– तेजपात ः १ / २ पात

खीर बनाउने तरिका

– सर्वप्रथम चामललाई केलाएर सफा पार्ने।

– खीर बनाउन आवश्यक चामललाई पानीले राम्ररी पखाल्ने।

– चुलोमा मध्यम तापको आगो बाल्ने एक लिटर दुध हालेर डेक्ची बसाल्ने।

– दुधलाई राम्ररी तात्न दिने।

– धोएर राखेको चामललाई उम्लिएको दुधमा हाल्ने।

– धिमे आगोमा दुध र चामल केही मिनेट पाक्न दिने।

– यसरी दुधमा चामल छड्किन थालेपछि काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडाको टुक्रा हाल्ने। चिनी, तेजपात पनि हाल्ने।

– अब सो चामल र सबै मसला गल्ने गरी सानो आगोमा १२ देखि १५ मिनटसम्म पकाउने।

– यसरी तयार भएको खीरलाई चुलोबाट उतार्ने। खीर तयार भयो ।