नेपाली समाज अष्ट्रेलिया गठन हुने

0
221

सिड्नी । अष्ट्रेलियामा नेपाली समाज अष्ट्रेलिया गठन हुने भएको छ ।

नयाँ शक्ति समर्थित संगठन अन्तर्राष्ट्रिय नेपाली समाज (आइएनएस) र समाजवादी फोरम समर्थित संगठन नेपाली संघीय समाज अष्ट्रेलिया (नेफेसो) बीच एकता भएर नेपाली समाज अष्ट्रेलिया गठन हुन लागेको हो ।

आगामी सेप्टेम्बर २१ तारिख शनिबारका दिन सिड्नीको ६४–६८ प्रिन्सेस स्ट्रिटस्थित एसबरी सिनियर सिटिजन सेन्टरमा एक कार्यक्रमको आयोजना गरी समाजको घोषणा गरिदैछ । सभालाई टेलिकन्फ्रेन्समार्फत् पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले सम्बोधन गर्ने अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष सुवान चौलागाईंले बताउनुभयो ।

चौलागाईंले नेपालमा नयाँ शक्ति पार्टी तथा समाजवादी फोरमको एकतापश्चात् समाजवादी पार्टी नेपाल गठन भएको परिप्रेक्ष्यमा अष्ट्रेलियामा पनि समायोजन गरिन लागेको बताउनुभयो ।

समायोजनपश्चात् गठन हुने नेपाली समाज अष्ट्रेलियाको कार्यसमितिको घोषणा पनि त्यही दिन गरिने उहाँले बताउनुभयो ।