अष्ट्रेलियाको नयाँ अभिभावक भिसा अप्रिल देखि उपलब्ध हुने

0
285

मेलबर्न । अष्ट्रेलियाको नयाँ अभिभावक भिसा आगामी अप्रिल महिना देखि उपलब्ध हुने भएको छ ।

अष्ट्रेलियामा लामो समयसम्म अभिभावकलाई राख्न मिल्ने गरि अस्थायी स्पोन्सर्ड भिसाको लागि सरकारले केही समय देखि पहल गरिरहेको थियो । उक्त ८७० भिसामा अष्ट्रेलियामा रहेका विदेशीले आफ्ना आमा बुवा तथा हजुरआमा हजुरबाबालाई ल्याउन सक्नेछन् ।

उक्त अभिभावक भिसा ५ वर्ष अवधिको हुन्छ । पाँच वर्ष पछि भिसाको म्याद थप्न चाहेमा फेरी एप्लाई गरेर पाँच वर्ष थप गर्न सकिन्छ ।

यो अभिभावक भिसा एक वर्षमा १५ हजार वटा प्रदान गरिने बताइएको छ ।

Source : SBS News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus