

ब्रिसबेन । अष्ट्रेलियाको ब्रिसबेनमा फियोना म्याककिननले कोल्स सुपरमार्केटबाट चिकेन किनेकी थिइन् । बिहिबार किनेको चिकेन उनले घरमा ल्याएर ‘बेक’ गरिन् ।
उक्त चिकेन खाँदा फियोनाका छोराले मुखमा केही अरु चिजको महसुस गरे, तब हेर्दा माकुरा भेटिएको थियो । परिवारले उक्त माकुरा त्यही चिकेनमा नै रहेको बताएको छ ।
कोल्स सुपरमार्केटले उक्त परिवारसंग सम्पर्क गरेको बताएको छ । सुपरमार्केटका अनुसार, वस्तुको गुणस्तरीयता र आफ्नो सेवाको गुणस्तरलाई ध्यानमा राखेर आवश्यक अनुसन्धान तथा काम कारबाही अगाडी बढाइनेछ ।
Source : au.news.yahoo.com
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.