मोबाइलमा अश्लिल भिडियो भेटिएपछि अष्ट्रेलियाको एयरपोर्टबाटै भारतीय युवक पक्राउ

0
76

पर्थ । अष्ट्रेलियाको पर्थ एयरपोर्टबाट एक भारतीय युवक पक्राउ भएका छन् । ३२ वर्षीय उनी मलेसियाबाट अष्ट्रेलिया आउने क्रममा एयरपोर्टबाट नै पक्राउ परेका हुन् ।

ती युवकको मोबाइल जांच गर्ने क्रममा उनको मोबाइलमा अश्लिल भिडियो भेटिएपछि पक्राउ गरिएको बताइएको छ । ती अश्लिल भिडियो मध्ये केहीमा बालबालिकाको यौन शोषण भएको छ । बालबालिकाको शोषण सम्बन्धि कुनै पनि सामग्री अष्ट्रेलियामा प्रतिबन्धित छ । बाल यौन शोषण अष्ट्रेलियामा ठूलो अपराधको रुपमा लिइन्छ ।

ती युवक माथी बाल यौन शोषण सम्बन्धि सामग्री राखेको र अष्ट्रेलियामा प्रतिबन्धित सामग्री भित्र्याएको गरि दुई मुद्दा दायर भएका छन् ।

केही महिना अगाडी अर्का एक भारतीय युवक यसै अपराधमा एयरपोर्टबाट पक्राऊ परेका थिए ।

स्रोत : एसबिएस

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus