अष्ट्रेलियामा नेपाली विद्यार्थी समिक्षा अधिकारी क्यान्सरका कारण अस्पताल भर्ना, सहयोगको अपिल

0
156

मेलबर्न । अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी समिक्षा अधिकारी क्यान्सरका कारण अस्पताल भर्ना भएकी छिन् । २५ वर्षिया समिक्षालिई कोलोन क्यान्सर भएको हो । सिड्नीमा बस्दै आएकी उनको हाल रोयल प्रिन्स अल्फ्रेड हस्पिटलमा उपचार भइरहेको छ ।

डाक्टरहरुले समिक्षालाई बचाउन सकिने बताएका छन् । त्यसको लागि ठूलो शल्यक्रिया र केही महिनासम्म लगातार किमोथेरापी गर्नुपर्ने बताइएको छ । समिक्षाको मेडिकल इन्सुरेन्सले उनको उपचारलाई चाहिने रकममध्ये केही पूरा हुन सक्छ । तर, उपचार संगै अरु विविध पक्षको लागि उनलाई अहिले नेपाली समुदायको आर्थिक सहयोगको खाँचो परेको छ ।

समिक्षाकी आमा उनको हेरविचारको लागि अष्ट्रेलिया आउनुभएको छ। परिवार सबै आर्थिक भार थेग्न सक्ने किसिमको सम्पन्न छैन। आमाको अष्ट्रेलियाको बसाई, समिक्षाको उपचार र उपचार पछाडीको विविध खर्च आदिको लागि नेपाली समुदायमा आर्थिक सहयोगको लागि ‘गो फन्ड मी’ मार्फत प्रतिज्ञा अधिकारीले अपिल गर्नुभएको छ। Click > https://www.gofundme.com/support-samiksha-adhikari

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus