अष्ट्रेलियामा जिमको वेटलिफ्टिंगले च्यापिएर एक किशोरको मृत्यु

0
165

मेलबर्न । जिमको वेटलिफ्टिंगले च्यापिएर अष्ट्रेलियामा एक किशोरको ज्यान गएको छ । अष्ट्रेलियाको ब्रिसबेन स्थित पाइन् रिभर पीसीआइसीमा वेटलिफ्टिंगले च्यापिएर घाइते भएका १५ वर्षीय किशोर बेन शओंको ज्यान गएको हो ।

सेभेन न्युजका अनुसार गत मंगलबारजिम गरिरहेको बेला ९८ किलोको वेटलिफ्टिंगले उनको घांटी थिचेको थियो । आधा घण्टा सम्म थिचिएका उनलाई आधा घण्टापछि उठाएर प्राथमिक उपचार गरेर अस्पताल लगिएको थियो ।

लेडी क्लिन्टो बाल अस्पतालमा पुर्याइएका बेनको उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।