अष्ट्रेलियाको मेलबर्नमा सांगीतिक साँझको लागि आईपुगे सत्य स्वरुप

0
230

मेलबर्न। नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक सत्यराज आचार्य र स्वरुपराज आचार्य मेलबर्न आइपुगेका छन् ।

आगामी अप्रिल २८ तारिख, शुक्रबारका दिन मेलबर्नमा हुने ‘सत्य–स्वरुप साँझ’ कार्यक्रमको लागि गायक दाजुभाई बुधबार मेलबर्न आइपुगेका हुन् । उनीहरुलाई आयोजक संस्था सेभेन ईपिकका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

गायकद्वयले मेलबर्नको कार्यक्रममा लाईभ प्रस्तुति दिनेछन् भने र्याड्स स्टुडियोले संगीतमा साथ दिनेछ ।

सेभेन इपिक इन्टरटेनमेन्ट र कँडेल कन्सल्टेन्सीको सहकार्यमा मेलबर्नमा सत्य स्वरुप साँझ हुन लागेको हो । सेभेन इपिक इन्टरटेनमेन्टले गत वर्ष अर्का चर्चित गायक कर्णदासको एकल साँझ कार्यक्रमको सफल आयोजना गरेको थियो ।