अष्ट्रेलियामा बाजेको सेकुवा, सिड्नीमा नेपाली फुड फेस्टिभल

0
308

मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा नेपाली फुड फेस्टिभल हुने भएको छ । आगामी अप्रिल ८ आइतवारका दिन नेपाली फुड फेस्टिभलका रुपमा “ टेस्टिङ नेपाल“ कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा सिड्नीमा रहेका नेपाली रेष्टुराँ ओ मःम,निम्तो,मुग्लान याक एण्ड यती, एडीज किचन, भुटू, माइती फ्युजन, रेड क्याप्सिकम, भोजन लगायतको स्टल रहनेछ भने पाहुनाको रुपमा काठमाडौंको “बाजेको सेकुवा“ को स्टल रहनेछ । नेपाली खाना तथा संस्कृतिको प्रबर्धनको लक्ष लिएको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पनि रहने बताईएको छ ।

टु टेबल्सले आयोजना गरेको “टेस्टिङ नेपाल“ कार्यक्रमको लागि पेसिफिक हस्पिटालिटी एण्ड क्युलिनरी एकेडमीले सहकार्य गरेको छ । कार्यक्रम बेल्मोर पार्कमा बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म हुने बताईएको छ ।