नेपालका लागि नयाँ अष्ट्रेलियन राजदूत

0
189

काठमाडौं । नेपालका लागि नयाँ अष्ट्रेलियन राजदूत नियुक्त गरिएको छ । अष्ट्रेलियाकी विदेशमन्त्री जुलि विशपले विज्ञप्ती जारी गरि पिटर बडलाई राजदुतको रुपमा नियुक्त गरिएको जानकारी दिएकी हुन् ।

सन् २०१३ देखि यता राजदुतको कार्यभार सम्हाल्दै आएका ग्लेन ह्वाइटको कार्यकाल नसकिंदै बडलाई नियुक्त गरिएको हो । ग्लेनको कार्यकाल पूरा हुन अझै नौं महिना बाँकी थियो । विज्ञप्तिमा विदेशमन्त्री विशपले ग्लेन ह्वाइटले नेपालको विनाशकारी भूकम्पको बेला निर्वाह गरेको भूमिकाको प्रशंसा गरेकी छन् ।

पिटर राजनीतिक रुपमा नियुक्त गरिएका होईनन् । मेलवर्न विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकसम्म अध्ययन गरेका उनी सरकारका कर्मचारी हुन् । उनीसंग विभिन्न पद र स्थानमा रहेर कुटनीतिक कार्यभार सम्हालेको राम्रो अनुभव छ ।

विज्ञप्तीमा अष्ट्रेलियाले नेपालका बिभिन्न परियोजनामा ३४ मिलियन डलर सहयोग गरेको उल्लेख छ । त्यस्तै १५ हजार नेपाली विद्यार्थीले अष्ट्रेलियामा अध्ययन गरिरहेको र २५ हजार अष्ट्रेलियन नागरिकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको जानकारी गराइएको छ।

विदेशमन्त्री विशपले नवनियुक्त राजदुतको कार्यकालमा नेपाल-अष्ट्रेलिया सम्बन्ध अझ सुदृढ बन्ने विश्वास व्यक्त गरेकी छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus