अष्ट्रेलियाको मेलबर्नमा भारतीय महिलाको विवाहको गहना चोरी

0
85

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा भारतीय मूलकी एक महिलाले आफ्नो विवाहको गहनाहरु चोरी भएको बताएकी छिन् । उनले मेलबर्नको ३ ए डब्लु रेडियो मार्फत यो कुरा सार्वजनिक गरेकी हुन् ।

उनका अनुसार उनको ६०,००० डलर बराबरको गहना चोरी भएको हो । उनले परिवार सबै घर बाहिर भएको समयमा घरबाट नै गहनाहरु चोरी भएको बताएकी छिन् । चोरी भएका गहनाहरु उनको विवाहमा उनका माईतिले दिएका थिए ।

पुलिसलाई घटना विवरण जानकारी गराएको र पुलिसका अनुसार मोनासमा हाल चोरीका घटना बढेको उनले बताएकी छिन् । उनले आफ्नो यो घटना सार्वजनिक गरेर सबै जनालाई सतर्क बनाउन चाहेको बताएकी छिन् ।

उनले आफ्ना बहुमूल्य सामानहरु घरमा नराख्न समेत अनुरोध गरेकी छिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus