
मेलबर्न । चितवन घर भएका अमरविल्श पन्त हाल लिडचोम्बे अष्ट्रेलियामा बस्नुहुन्छ । २२ वर्षीय अमर अष्ट्रेलियाको स्थानीय क्रिकेट टीमबाट क्रिकेट खेल्नुहुन्छ । उहाँ भन्नुहुन्छ –“खेलले मानिसको जीवनमा खुशी ल्याउँछ“ । प्रस्तुत छ हिमालयन कङ्गारुको स्पोर्टस् टकमा उहाँसंग गरिएको कुराकानी :
तपाईंको घर कहाँ हो ?
मेरो घर भरतपुर ७, चितवन हो ।
अहिले कहाँ बस्नुहुन्छ ?
हाल म लिडचोम्बे, अष्ट्रेलियामा बस्छु ।
कुन खेल खेल्नुहुन्छ ?
म क्रिकेट खेल्छु ।
तपाईंको खेलको पोजिसन कुन हो ?
राइट आर्मड बलिङ ।
कति वर्षको उमेरदेखि खेल्न थाल्नुभएको हो ?
आठ वर्षको हुँदादेखि खेल्न थालेको हूँ ।
कुन टिमको लागि खेल्नुहुन्छ ?
अष्ट्रेलियाको स्थानीय टिमको लागि खेल्छु ।
आफ्नो सबैभन्दा राम्रो प्रदर्शन ?
६३ नटआउट ।
खेलमा लज्जित महशुस गरेको क्षण ?
२ पटक रन आउट मिस गरेको क्षण ।
तपाईंलाई मनपर्ने,
खाना ?
बर्गर ।
गीत ?
कुन मन्दिरमा जान्छौ यात्री ।
टी.भी शो ?
म्यान भर्सेज वाइल्ड ।
स्पोर्टस् टिम ?
अष्ट्रेलियन क्रिकेट टिम ।
खेलाडी ?
सचिन तेन्दुलकर ।
अष्ट्रेलियामा अध्ययन गर्दै हो ?
हो, म सूचना प्रविधि विषयको विद्यार्थी हूँ ।
कुन युनिभर्सिटी र कलेजमा पढ्दै हुनुहुन्छ ?
एकेडेमिज अष्ट्रेलियासिया एकेडेमिजमा पढ्दै छु ।
तपाईंको विचारमा ,
सबैभन्दा प्रतिभावान खेलाडी ?
सचिन तेन्दुलकर ।
जोकर अफ द टीम?
कृष गेल ।
द लाउड माउथ ?
रिकी पोन्टिङ्ग ।
घमण्डी खेलाडी ?
माइकल क्लार्क ।
मेहनती खेलाडी ?
सुरेश रैना ।
सबैभन्दा अल्छी खेलाडी ?
कृष गेल ।
तपाईंको पारिवारिक सदस्य ?
सारांश थापा ।
मानिसको जीवनमा खेलले कस्तो भूमिका खेल्दछ ?
खेलले मानिसलाई खुशी र आत्मसन्तुष्टि दिन्छ ।
यहाँको नेपाली समुदाय बीच क्लब खेलको स्थिति कस्तो छ ? खेलाडीहरुलाई प्रोत्साहन गर्न के गर्नुपर्ला?
नेपाली समुदायलाई विभिन्न खेलमा समावेश गरिनुपर्छ । जसले गर्दा राम्रा खेलाडीहरु उत्पादन हुन्छन् । यसले गर्दा खेलाडीहरुलाई निराश हुन नदिई प्रोत्साहन गर्छ ।
अष्ट्रेलियाको व्यस्त दैनिकीका बावजुद कसरी खेलको लागि समय छुट्टाउन सक्नुभएको छ ?
समय मिलाउन गाह्रो छ, तर इच्छाशक्ति भयो भने सकिन्छ ।
नेपालको खेलकुद स्थितिको बारेमा तपाईंको धारणा के छ ?
नेपालको खेलकुद धेरै पछाडि छ ।
नेपालमा खेलकुदका समस्याहरु के हुन् जस्तो लाग्छ ?
राजनीति र खेलकुदका लागि चाहिने भौतिक पूर्वाधारहरु नहुनु नै प्रमुख समस्याहरु हुन् जस्तो लाग्छ ।
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.