अष्ट्रेलियामा सर्पभन्दा घोडा बढी खतरनाक

0
66

मेलबर्न । पछिल्ला वर्षहरुमा अष्ट्रेलियामा मानिसहरुलाई अन्य खतरनाक जनावरहरुले भन्दा बढी घोडाले मारेको पाइएको छ ।

मेलबर्न विश्वविद्यालयका डा. रोनेल वेल्तोंले गरेको एक अध्यनमा सो कुरा पत्ता लागेको हो । उनले अस्पतालहरुमा भर्ना भएका बिरामीहरुको विवरण र मृत्यु भएका मानिसहरुको कारणबारे अध्ययन गरेका थिए ।

सन् २००० देखि २०१३ सम्ममा ७४ जना मानिसहरुको मृत्यु घोडाको आक्रमणद्वारा भएको थियो । मौरी र अरु किराहरुको कारण २७ जनाको मृत्यु र सर्पको टोकाईबाट २७ जनाको मृत्यु भएको सो अध्ययनले देखाएको छ । माकुराको कारणले भने कसैको पनि ज्यान नगएको देखिएको छ ।