एनआरएन अष्ट्रेलियाको सदस्यता शुल्कमा वृद्धि

0
66

मेलबर्न । एनआरएन अष्ट्रेलियाको हालै सम्पन्न बैठकले सदस्यता बृद्धिका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

आगामी मार्च महिनादेखि खुल्ने सदस्यता शुल्क भने बढाइएको छ । अहिले सदस्यता शुल्क २० डलर रहेकोमा यसलाई बढाएर २५ डलर बनाउने निर्णय गतसाता सिड्नीमा बसेको एनआरएन अष्ट्रेलियाको बैठकले गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । तर, यो निर्णयमा असहमति जनाउँदै ५ उपाध्यक्षले नोट अफ डिसेन्ट लेखेका छन् । नोट अफ डिसेन्ट लेख्नेमध्येएकै एक उपाध्यक्षले भने, “एकातिर सदस्यता संख्या घटिरहेको छ । त्यसलाई बढाउन विभिन्न अप्ठेरो प्रावधानलाई सहज बनाउनुपर्ने आवश्यकता छ भने अर्कोतर्फ भएको शुल्कलाई समेत बढाउने निर्णय सही होइन भन्ने हाम्रो भनाई हो ।” यसरी नोट अफ डिसेन्ट लेख्ने उपाध्यक्षहरुमा भिक्टोरियाका संयोजक केशव कँडेल, क्वीन्सल्याण्डका संयोजक अभिमानसिंह बस्नेत, एनआरएन साउथ अष्ट्रेलियाका संयोजक नवीन कँडेल, एनआरएन वेष्टर्न अष्ट्रेलियाका राज थपलिया र एनआरएन नर्दन टेरेटोरी डार्विनका संयोजक निरज गुरुंगले असहमति जनाएका हुन् ।

बैठकमा लामो समयदेखि विवादमा रहेको विधानको संशोधनको विषयलाई पनि टुंगो लगाएको छ । दुईपटकभन्दा बढी सबैभन्दा बढी सदस्य रहेको न्यूसाउथवेल्सबाट राष्ट्रिय नेतृत्व गरिसकेको अवस्थामा तेश्रो पटक सिड्नी बाहेकको नेतृत्व चयन गर्ने प्रावधानलाई खारेज गर्नुपर्ने एनआरएन न्यूसाउथवेल्सको मागलाई अघि नबढाउने भएको छ ।

एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा। ज्ञानेन्द्र रेग्मीले भने, “विधानमा संशोधन गर्नुपर्ने कुनै विषय नदेखिएकोले विधान संशोधन समितिकै सिफारिशका आधारमा हामी अघि बढ्ने भएका छौं । यसका लागि साथीहरुले जुन समझदारी देखाउनुभयो त्यो सम्मानयोग्य छ ।”

स्रोत : एमएनटिभी

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus