

मेलबर्न । अष्ट्रेलियाबाट नयाँ नयाँ गीतका म्यूजिक भिडियोहरु सार्वजनिक भैरहने क्रममा पछिल्लोपटक जीवनप्रति सकरात्मक हुनुपर्ने सन्देश सहितको भिडियो सार्वजनिक भएको छ ।
हाल अष्ट्रेलियामा रहेका गायक रविन अधिकारी र जङ्गी निशानको स्वरमा सजिएको झर भर वर्षातको बोलको गीतको भिडियोले पलभरको आवेगमा आएर अमूल्य जीवनको अन्त्य गर्नुहुँदैन भन्ने सन्देश दिएको छ । जीवनमा आइपर्ने विभिन्न समस्या र भोग्नुपर्ने पीडाको समाधान आत्महत्या कदापि होइन । किनभने जीवनमा केही सम्बन्ध जोडिनु र तोडिनु स्वभाविक हो । त्यसैले जीवन आफ्नो मात्र नभई आफ्ना घरपरिवार र आफन्तजन,साथीभाइको लागि समेत हो भन्ने जीवन दर्शन यो गीत र भिडियोमा समावेश गरिएको छ ।
जीवनका प्रत्येक पलहरुलाई हाँसीखुशी विताउँनुपर्ने सन्देशयुक्त यस गीतको म्यूजिक भिडियोमा निकिशा,विशाल भारती,सुपर गुरुङ र राजकुमारले अभिनय गरेका छन् । टेक बयलकोटीको छायांकन रहेको भिडियोको सम्पादन मोक्षका प्रवीण श्रेष्ठ र उज्ज्वलले गरेका हुन् । सिड्नीस्थित सुरेन फोटोग्राफी एण्ड टिम इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण भएको मदिरा एल्बमको यस गीतको म्यूजिक भिडियोको निर्देशन सुरेन श्रेष्ठले गरेका हुन् ।
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.