भुवन केसीज्यू तपाई कहिल्यै बूढो हुनुपर्दैन ?

0
687

–प्रतिमा भट्ट

नेपाली चलचित्र क्षेत्रका पहिलो सुपरस्टार हुन् भुवन केसी । झण्डै चार दशकअघि नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका अभिनेता केसी अहिले पनि उत्ति नै सक्रिय छन् । उनका फ्यानहरुबीच अझै लोकप्रिय छन् । सन् १९८४ मा निर्माण भएको नेपाली चलचित्र सम्झनाबाट भुवनले सुपरस्टाररको हैसियत पाएका हुन् । त्यस यता निरन्तर आफ्नो क्रेज र स्टारडमलाई बचाइराख्न सफल छन् उनी ।

नायक भुवन केसीका हिट चलचित्रहरुको नाम लेख्ने हो भने लामै लिष्ट तयार हुन्छ । सम्झना,कुसुमे रुमाल,साइनो,चिनो,नेपाली बाबु,करोडपति आदि उनका धेरैले मन पराएका चलचित्रहरु हुन् । सधैं रोमान्टिक छविका कारण चर्चामा आइरहने भुवन कहिल्यै पछाडि फर्कन नपरेका भाग्यशाली कलाकार हुन् ।

यसो हुनुमा समयलाई पहिचान गरि आत्मसात गरेर अघि बढ्नसक्ने उनको खुबी मूल कारण हुन् । किनभने उनले समय र उमेरलाई ध्यानमा राखी सोही अनुसारको जिम्मेवारीहरुमा आफूलाई ढाल्दै गए । त्यसक्रममा उनी कहिले अभिनेताका रुपमा देखिए त कहिले निर्माताका रुपमा रहे ।

पछिल्लो समय भने उनी ड्रिम्स मार्फत निर्देशक बने । निर्देशकीय डुब्यू पनि भुवनको लागि सुखद रह्यो । किनभने ड्रिम्स सुपर हिट सावित भयो ।

ड्रिम्समा भुवनकै छोरा अनमोल केसी नायक छन् । बाबु जस्तै अनमोल पनि सानै उमेरमा धेरै फ्यानहरका प्रिय बन्न थालिसकेका छन् । यसरी कान्छो छोराले समेत नेपाली चलचित्र क्षेत्रमा धुम मच्चाउन थाले पनि भुवन आफूलाई अझै जवान ठान्छन् । साँच्चिकै यो उमेरमा पनि भुवनले न त आफ्नो जीवनशैलीललाई बद्लेका छन् न त उनको फ्यानहरुको संख्यामा कमी आएको छ । उनका लागि ज्यान दिने युवतीहरु अझै भेटिन्छन् । उनीसँग लिभिङ टुगेदरमा बसिरहेकी जिया केसीलाई यसको उदाहरण मान्न सकिन्छ ।

हालै एउटा अवार्ड समारोहमा ड्रिम्समा भुवन पुत्र अनमोलसँग अनस्क्रिन रोमान्स गरेकी नायिका साम्राज्ञी राणाले समेत भुवन अंकल नभनि भुवनजी भनेर सम्बोधन गरिन् । पछि पत्रकारहरुले त्यसको कारणबारे सोध्दा साम्राज्ञीले एउटा चाखलाग्दो तथ्य खुलासा गरिदिइन् । उनको अनुसार भुवनले नै उनलाई अंकल नभन्न बरु भुवनजी भन्न सिकाएका रहेछन् । भुवनलाई अंकल भनिदिदा आफूलाई बूढो भएँछु कि भन्ने लाग्छ रे । तर उनी आफूलाई कदापि बूढो मान्न तयार छैनन् ।

त्यसैले उनीसँग भेट्ने सबैको एउटै प्रश्न हुने गरेको छ–होइन,भुवनजी तपाई साँच्चिकै बूढा नभएको कि मन मात्र तन्नेरी हो ?

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus