७ बर्ष ब्रिटेन बसेका एक शिक्षक भन्छन: बिदेशमा पनि नेपालीले नेपाल नै सम्झिरहन्छन

0
678

–डिआर पराजुली

हाम्रो समाजमा दुई थरीका मानिसहरु छन् । एक थरीले बिदेश जानु र बस्नुको ठाडै बिरोध गर्नु हुन्छ भने अर्का थरी मानिसहरु बिदेशमा रमाउदा आफूलाई भाग्यमानी ठानिरहेका हुन्छन् । कतिसम्म भने उनीहरु नेपाललाई आफ्नो देश भन्न समेत हिचकिचाउँछन् ।

म करिव ७ बर्षको बिदेश  अनुभवले म के भन्न सक्छु भने अहिले बिज्ञान र प्रबिधिले संसार एउटा सानो गाउं बनाईदिएको छ । उदाहरणका लागि सडकको विस्तारपछि पनि काठमाण्डौबाट मेरो घर पुग्न ८ घण्टा लाग्छ । तर लण्डन बसेका मेरा साथी पनि १२ घण्टामा मेरो घर आउन सक्नुहुन्छ ।

विकसित राष्ट्रका केहि राम्रा बिषेशता अवश्य छन् । मूल कुरा त्यहाँ कर्मप्रति बिभेद पटक्कै छैन,बरु सम्मान छ । मान्छेले जति तल्लो स्तरको कामलाई पनि गर्वका साथ भन्न सक्छन् अथवा भन्छन् ।

dr-paudelमेरो एक जना मित्र बिदेशमा ठूलो रोगको शिकार हुनुभयो । सायद त्यो रोगको उपचार नेपालमा गर्नुपरेको भए उहां अवश्य सडकमा आउनुपथ्र्यो होला । तर त्यहाँ बिश्वकै सर्वोकृष्ट अस्पतालमा निशुल्क उपचार गर्नुभयो । यस्तो कुरा नेपाल बसेका हामी जस्ताका लागि कल्पना जस्तो मात्र लाग्छ ।

मेरा एक जना आफन्तले आफ्ना सन्तानलाई बिदेशको सर्बोकृष्ट युनिभर्सिटीमा पढाउनुभएको छ । मैले नेपाल बसेर मेरा सन्तानलाई त्यहाँ पढाउने कल्पना पनि गर्न सक्दिनँ ।

बिदेशमा छिमेकीले कस्तो रंगको र कति महंगो गाडी चढेको छ ? कस्तो जीवन स्तर छ ? अर्को छिमेकीलाई त्यसले चासो राख्दैन । तपाईंले एक हप्ताको कमाईले एक महिनासम्म शानदार जीवन जिउन सक्नुहुन्छ । त्यहाँ कमाएको पैसाले घर परिवारलाई पाल्न सकिन्छ । पसलमा गएर सामान किन्दा लाईन कसैले मिच्दैन । किनभने लाईन मिच्दा आफूलाई ठूलो महसूस हुँदैन बरु हीनताबोध वा लज्जाबोध हुन्छ ।

त्यसैले नेपालमा बसेर बिदेशको बिरोधगर्नेहरु एक पटक त्यहाँ जान आवश्यक छ । तर बिदेशमा रमाएर आफ्नो देशलाई बिर्सिनेले पनि जीवनमा आफ्नो अस्तित्वबोध गर्न कहिल्यै पाईदैन । किनभने जति कमाए पनि,जति खुशी देखिए पनि विदेशी भूमिमा उसले पाउने हैसियत भनेको सधैं दोस्रो दर्जाको नागरिक हो ।

त्यसैले आफ्नो श्रम, धन नेपालमै लगाऊँ । र,जहाँ बसे पनि देशका बारेमा सोचौं । किनभने सबैभन्दा पहिले देश हो अनि मात्र हामी नागरिक ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus