

मेलबर्न । अष्ट्रेलियाको संघीय सरकारले १०० डलरको नोटमाथि प्रतिवन्ध लगाउने योजना सार्वजनिक गरेको छ । कालो अर्थतन्त्रमाथि नियन्त्रण गर्न भन्दै टर्नबुल सरकारले १०० डलरको नोटको कारोबार रोक्ने तयारी गरेको हो ।
कालो अर्थतन्त्रका कारण सरकारले अर्बौ डलर गुमाइरहेको अष्ट्रेलिया सरकारको दाबी छ । त्यसैले १०० डलरको नोटमाथि प्रतिबन्ध लगाउने योजनामा रहेको सरकारले यसबाट अष्ट्रेलियन अर्थतन्त्रमा पर्नसक्ने प्रभावबारे अध्ययन गर्न कार्यदल समेत गठन गरेको छ । सरकारको यो निर्णयबाट सर्वसाधारण नागरिकहरुलाई कुनै प्रभाव नपर्ने दाबी गर्दै डराउन नपर्ने आर्थिक सेवा मन्त्री केली ओडायरले बुधवार बताए ।
पूर्व केपीएमजी ग्लोबल चेयरम्यान मिचेल एन्ड्रियूको नेतृत्वमा गठन भएको कार्यदलले १०० डलरको नोट चलाउने या नचलाउने भन्नेबारे मिहिन रुपमा अध्ययन गर्ने जनाइएको छ । बजारमा अहिले झण्डै ५० विलियन १०० डलरको नोट चल्तीमा रहेको आर्थिक सेवा मन्त्री ओडायरले बताए । तर अहिले अधिकांश सर्वसाधारणले विद्युतीय भुक्तानी सेवा प्रयोग गरिरहेकोले खासै प्रभाव नपर्ने उनको दाबी छ ।
फ्रान्सले १००० युरोको नोटमाथि प्रतिबन्ध लगाएपछि अष्ट्रेलियाको संघीय सरकार प्रभावित भएको बताइएको छ । केही हप्ता अघि भारतको मोदी सरकारले पनि ५०० र १००० भारु नोटमाथि प्रतिबन्ध लगाएको थियो ।
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.