मेलबर्नमा हुने नेपाल फेष्टिबलमा नेपाली चित्र र मूर्तिकलाहरुको प्रदर्शनी हुने

0
845

मेलबर्न । आउँने शनिवार मेलबर्नमा हुन लागेको नेपाल फेष्टिबल २०१६ मा कलात्मक नेपाली चित्रकला र मुर्तिकलाहरुको प्रदर्शनी समेत हुने भएको छ ।

अरुण चित्रकार सञ्चालक रहेको चित्रकार ग्यालरीले महोत्सवको अवसर पारेर महोत्सवस्थलमै विभिन्न मूर्त तथा अमूर्त नेपाली चित्रकलाहरु प्रदर्शनीमा राख्न लागेको हो । साथै विभिन्न मुकुण्डो,परम्परागत पौवा अर्थात थांका कलाहरु पनि नेपाल महोत्सवको प्रदर्शनीमा राखिने चित्रकार ग्यालरीले जनाएको छ ।

ग्यालरीको प्रदर्शनीमा राखिने कलाकृतिहरु हेरेर विशेष गरि विदेशी पर्यटकहरु नेपाल भ्रमणमा जान अभिप्रेरित हुने कलाकार तथा सञ्चालक अरुण चित्रकारले हिमालयन कङ्गारुलाई बताउँनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus