नेपाल फेष्टिबल मेलबर्नमा सहभागी हुनेलाई एप्पलको घडी उपहार

0
816

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा आउने शनिवार हुन लागेको नेपाल फेष्टिबल २०१६ को तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

महोत्सवलाई भव्य बनाउन कुनै कसर बाँकी नछोड्ने उदेश्यले आयोजक एनआरएनए भिक्टोरिया लागिपरेको छ । अहिले महोत्सवमा धेरै भन्दा धेरै नेपाली र गैर नेपाली दर्शकहरुलाई सहभागी गराउन प्रचार प्रसारको कार्यलाई पनि तीव्र पारिएको छ ।

यसैबीच नेपाल फेष्टिबलमा सहभागी हुनेहरु मध्ये एकजनाले आकर्षक एप्पल घडी उपहार पाउने भएको छ । बायरर्स च्वाइसले शनिवार नेपाल फेष्टिबलमा सहभागी हुन आउनेमध्ये एकजना भाग्यशालीलाई एप्पड घडी उपहार दिने गरे नेपाल फेष्टिबल : वीन एप्पल वाच अफर ल्याएको हो । यसमा १८ वर्षभन्दा माथिका मेलबर्नवासी नेपालीहरुले सहभागीता जनाउन सक्नेछन् ।

appleडिसेम्वर ९ देखि शुरु भएको यो प्रोमोशनल अभियानमा सहभागी हुन चाहनेले १८ डिसेम्वरको विहान ११ बजेम्म यहाँ क्लिक गरेर इन्ट्री गराउन सक्नेछन् । विजेतालाई टेलिफोन मार्फत जानकारी गराइने बताइएको छ ।

नेपाल फेष्टिबल यही शनिवार फेडेरेशन स्क्वायरमा हुँदैछ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise