कठै मेरो देश : सपना देख्न पनि विदेश जानुपर्छ !

0
433

–कामना न्यौपाने

हाम्रो समाज वर्गमा विभाजित छ । हामी जतिसुकै “ सबैलाई समान अधिकार“ भनौँ , यहाँ अधिकार र बाँच्ने आधार वर्गमा विभाजित छन् । आर्थिक, सामाजिक,लैङ्गिक,भौगोलिक ,जातीय आधारमा विभाजित वर्गहरु । यी वर्गहरुले नेपालको शैक्षिक अधिकार, क्षमता र उपलब्धिमा पनि असर गरिरहेका छन् ।

११–१२ मा संगै पढेको एकजना मेरो साथीसंग धेरै समय पछि, केही दिन अगाडि भेट भयो । उनी त १२ को पढाई सकेपछि साउदी गएका रहेछन्,पढाई छोडेर कामको सिलसिलामा । सुनेर अचम्म लाग्यो मलाई किनकी ,उनी पढाईमा अब्बल थिए र उत्तिकै मिहिनेति पनि , । साथै उनी जागिर गर्दै पढ्दै थिए । उनका अनुसार,उनलाई आफ्नो खर्च आफै उठाउनु थियो । तर जागिरको तलब पढाईको लागि पर्याप्त थिएन । गाउँमा गएर पढ्न,आफुले रोजेको विषय त्यहाँ उपलब्ध थिएन । काठमाडौंका सरकारी क्याम्पसमा पाइने अधिकांश छात्रवृत्ति योजनाहरु पनि जसलाई त्यसको कम आवश्यक छ, उनिहरुले बढी मात्रामा लिइरहेका हुन्छन् । त्यसैले आर्थिक पक्षले साथ नदिंदा उनी सपनालाई मनमै राखेर विदेशिएछन् । तर यो सुन्दा भने खुशी लाग्यो कि, उनले अनौपचारिक रुपमा आफूले अध्ययन गरिरहेका छन् र अब आर्थिक रुपमा केही हदसम्म बलियो बनेर थाती राखेका सपनाहरुलाई नेपालमै आएर फेरि ब्युंझाउन चाहन्छन् ।

यी साथीसंग कुरा गर्दैगर्दा,मैले जाजरकोट जिल्लाको एउटा गाउँको स्कुल सम्झिएँ । जहाँ म अघिल्लो वर्ष पुगेकी थिएँ । त्यस स्कुलको प्रधानाध्यापकको छोरा त्यही स्कुलमै दस कक्षामा पढ्दै थिए । उनले आठ कक्षासम्म भने दाङको अङ्ग्रेजी स्कुलमा पढेका रहेछन् । उनी नौ र दस त्यहाँ पढ्दै थिए किनकी छात्रवृत्ति योजनामा सरकारी स्कुल र पिछडिएको ठाँउलाई प्राथमिकता दिइन्छ । यसरी छात्रवृत्ति लिने हजारौं विध्यार्थी छन् र लाखौं विद्यार्थी यो प्रवृत्तिको सिकार भइरहेका छन् ।

नेपालमा छात्रवृत्ति लिएर पढ्ने विध्यार्थी उच्च शिक्षाको लागि बिदेश पढ्न जाने हैसियतका छन् । दुर्भाग्यको कुरा,लाखौं सपनाहरु दिनदिनै निमोठिएका छन् र यसले सिङ्गो देशको भविष्यलाई नै गिज्याइरहेको छ ।

शिक्षा र छात्रवृत्तिमा जातिय,भौगोलिक क्षेत्र,आर्थिक आदि आधारमा छुट्टाएका कोटा जसको लागि लक्षित हुन्,उनिहरुसम्म कमै पुग्ने गरेको छ । हामी यति चलाख भैसक्यौँ कि , प्रावधान , कानुन , नियमलाई हामी छिनमै झुठो विवरण र केही चलाखीले जितिदिन्छौँ । कमसेकम हामीले यति सोचौँ कि,आवश्यकता कसलाई के कुरा को छ । आफ्नो हक लिनुपर्छ तर आफूले अरु कसैको अधिकारमाथि कब्जा नजमाइयोस् । त्यसैले छात्रवृत्तिमा पढिरहनुभएका साथीहरुलाई म सोध्न चाहन्छु,के तपाई छात्रवृत्तिका लागि योग्य हुनुहुन्छ ?

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise