

मेलबर्न । अहिलेसम्मकै महँगो नेपाली म्युजिक भिडियो भएको दाबी गरिएको ‘बिर्सन सक्दिन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
अष्ट्रेलियामा निर्माण गरिएको उक्त म्यूजिक भिडियोको कुल लागत नेपाली ८ लाख रुपैयाँ रहेको निर्माण पक्षको दाबी छ ।
अष्ट्रेलियामा सूचना प्रविधिमा स्नातक गरिरहेका २३ वर्षीय धराने प्रतिभाशाली युवा गायक निर्देशक निश्चल कार्कीले यो म्युजिक भिडियोलाई निर्माण गरेका हुन् । २ वर्ष अघि पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको भिडियो भने भर्खरै निर्माण गरिएको हो ।
अष्ट्रेलियाका सिड्नी, क्रिमोर्न पोइन्ट, ल्यापरस बिच, हर्सभाइललगायत स्थानहरुमा छायाङ्कन गरिएको म्युजिक भिडियोको निर्देशन कार्की स्वयम्ले गरेका हुन् । गीतमा शब्द, संगीत र स्वर पनि कार्कीकै रहेको छ । म्युजिक भिडियोमा ‘योर स्टाइल अष्ट्रेलिया’ ले सह–निर्देशन गरेको छ ।
अष्ट्रेलियामै संघर्षरत मोडलहरु निश्चल खडका, सन्तोष मल्ल ठकुरी, रोजी श्रेष्ठ, राजेश गन्धर्व र असिम श्रेष्ठलृ यसमा अभिनय गरेका छन् । म्युजिक भिडियोको छायांकन नमित चन्द ठकुरीले गरेका हुन् ।
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.