अष्ट्रेलियाबाट नयाँ प्रविधि सहितको म्यूजिक भिडियो ‘गोरेटो’ सार्वजनिक

0
1070

मेलबर्न । पछिलो समय एकपछि अर्को गर्दै अष्ट्रेलियाबाट नेपाली गीतका म्यूजिक भिडियोहरु सार्वजनिक हुने क्रम बढेको छ ।

त्यहीक्रममा गायिका अबुन पाण्डेले आफ्नो नयाँ गीत र म्यूजिक अभिडियो अष्ट्रेलियाबाटै सार्वजनिक गरेकी छिन् । गायिका पाण्डेले आफ्नै शब्द तथा स्वर रहेको ‘गोरेटो’ गीत को म्युजिक भिडियो सार्बजनिक गरेकी हुन् ।

भिडियोलाई अष्ट्रेलियाको क्वीन्स ल्याण्ड’ सहरको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । भिडियोलाई प्राविधिक रुपमा सम्पन्न बनाउन अष्ट्रेलियन प्राबिधिकहरुद्वारा अत्याधुनिक ‘ड्रोन’ को समेत प्रयोग गरि छायांकन गरिएको छ ।

यस गीतमा अष्ट्रेलियामा सक्रिय संगीतकार टीका दाहालको संगीत रहेको छ । भिडियोमा निकै व्यस्त रहदै आएका मोडल ‘राजु कान’ले अभिनय गरेका छन् । उनलाई भर्खरै मात्र डेब्यु गरेकी नयाँ अनुहारकी मोडल ‘इरोमा श्रेष्ठ’ले साथ् दिएकी छिन ।‘गोरेटो’को निर्देशन अष्ट्रेलियामा आजकल अति ब्यस्त मानिने निर्देशक जीवन रसाइलीले गरेका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise