चलेको चलन : देखावटी काम,सुनावटी बोली

0
749

-गोपाल सुवेदी ।

मान्छे थरिथरिका छन । धातुमा सुनको जलप लगाएर “सुनै हो“ भनेर ठग्नेदेखि ढुंगालाई पिसेर चामलमा मिसाई “चामल नै हो“ भन्ने सम्मका भेटिन्छ्न । यहाँ कुनै ब्यक्तिबीचको नाता पैसा र केही क्षणिक स्वार्थमा अडिएको हुन्छ । हिजोका लखपति आज करोडपति अनि करोडवाला अर्बपति बनेका छन् । तर दुखी र पीडितहरु केबल दुई छाक टार्नुको दुखमै छन् । त्यो भन्दा दुखको कुरा आज समाजमा तिनीहरु नै नाङ्गो देखिन्छन् । अवस्था यतिसम्म भैसक्यो कि तिमी मानवताको कुरा गर मान्छेहरु हासोले मुर्छित हुनेछन् किनकी मान्छेहरुले मानवता भोग नगरेको युगौं बितिसकेको छ र मानवताको गाथा पढ्न अब इतिहासका पानाहरु पल्टाउँनुपर्छ ।

हो,मान्छे थरिथरिका छन । तिमी जति नै आदर्शवान बन, तिम्रो खुट्टा तान्ने, अनि समाजमा सुकर्मलाई कुकर्म साबित गर्न तत्पर मान्छेहरुको ताँती भेट्छौ । लाखौंमा एक ब्यक्ति हुन्छ जसले आफ्नो स्वार्थबाट माथि उठेर समाजको भलाईको निम्ति केही अबधारणा अबिलम्ब गरेका हुन्छ्न । तर, त्यहाँ पनि उसलाई हतोत्साहित गरेर गर्न नदिनेको भिड अगाडि आईपर्छ । समाजको यो भिडलाई मानवता भन्ने के हो कुनै हेक्का नै छैन ।

loveमान्छे थरिथरिका छन् । ठूलो जमात यहाँ अरुलाई हाँसोको पात्र बनाएर समाज हसाउन लागिपरेका छन् । आफू केही गर्न नसक्ने यो बर्गका ब्यक्तिहरु समाजको सकारात्मक रुपान्तरणमा लाग्नेहरुको खिस्सी उडाउन आफ्नो दिन–रात खर्च गर्दै ब्यस्त छन् । “कहाँ के भइ रहेको छ?“ भन्दै चिहाएर सबैलाई यो भएन,त्यो भएन भन्दै खेदो खन्ने सामाजिक संजालका बिद्धवानहरुको अचेल बिगबिगी छ । आफू टुलुटुलु हेर्ने तर सुझाव दिन सबैभन्दा अगाडि छ त्यो बर्ग । आफूले केही गर्ने अवसर नपाएर होला भन्ने हो भने “केही नयाँ गरौं न“ भन्नेहरुलाइ हतोत्साहित गर्ने पनि उनै ब्यक्तिहरु हुन ।

मान्छे थरिथरिका हुन्छ्न, अझ हामी नेपाली त ३ करोडमा ३ करोड थरिका छौं । अनेकतामा एकता त केबल लेखमा हो,केही थोरै मात्र ठाउँमा लागू होला, नत्र त सबै देखावटी भइसक्यो । यहाँ पद, सम्मान, प्रोत्साहन, साथी, माया, मुस्कान,गाली, रिस,आशिर्वाद , सबै देखावटी भैसके । यहाँ सम्म कि बोलेको बोली समेत “सुनावटी“!

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

मान्छे थरिथरिका छन,त्यसबाट म पनि पानीमाथिको ओभानो हुन सक्दिनँ । सकारात्मक दृष्टिकोणमा बैचारिक बिविधता हुनु राम्रो कुरा हो तर हरेक कुरामा टोकसो गर्ने त्यो कदापि राम्रो लक्षण होईन । हामी आफ्नो स्तरका ब्यक्तिहरुले गरेका राम्रो कुराको मनैबाट प्रोत्साहन गर्न हिचकिचाउछौँ । यसले हामीलाई नै पछाडि धकेली रहेको छ । आफ्नो घरबाट सिकिएको यो बानीलाई हामीले समाज, ईस्टमित्र, बिद्यालय , काम र संसदमा समेत हेर्न सक्छौं । अहिलेको हाम्रो समाज नै मुल्यवान सिक्काको रथमा गुडिरहेको छ । जुन सिक्काका दुई पाटो भनेको भत्केको मानवता र गुमेको आदर्श हुन् ।