आगामी डिसेम्वर ८ मा अष्ट्रेलियाको मेलबर्नमा ‘जात्रा’ लाग्ने

0
777

मेलबर्न । नेपाली समुदायको बसोबास बढ्दै गएको अष्ट्रेलियाको मेलबर्नमा आगामी डिसेम्वरमा जात्रा लाग्ने भएको छ । जात्रा हेर्नका लागि मेलवर्नका धेरै नेपालीहरु अहिलेदेखि नै आतुर देखिएका छन् ।

प्रसँग नेपाल फिल्म जात्राको हो । नेपालमा सफल चलचित्रको सूचीमा रहन सफल जात्रा दर्शक र समीक्षक दुवैले राम्रो मानिएको चलचित्र हो । लामो समयसम्म मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह सञ्चारमा आवद्ध रहेर स्क्रिप्ट लेखन तथा सहायक निर्देशन गर्दै आएका प्रदीप भट्टराईले पहिलोपटक निर्देशन गरेको चलचित्र जात्रा हाँस्य शैलीको गम्भीर विषयवस्तुको चलचित्र हो ।

काठमाडौंको भीडभाडयुक्त असन बजार क्षेत्रमा बस्दै आएका तीन युवाहरुको दैनिकीमा आधारित यो चलचित्रलाई गम्भीर विषय भएर पनि रसिलो प्रस्तुतिले बोझिलो लाग्न दिदैन । नेपालका चर्चित हाँस् कलाकारहरु दीपकराज गिरि,दीपाश्री निरौला,जितु नेपाल,धुर्मुस सुन्तली लगायतले समेत यो चलचित्रको हाँस्य शैलीको प्रस्तुतिको निकै तारिफ गरेका थिए ।

रवीन्द्रसिंह बानियाँ,विपिन कार्की,रवीन्द्र झा र वर्षा राउतको मूख्य भूमिका रहेको चलचित्र जात्रालाई मेलबर्नका दर्शकहरुबीच नयाँ इभेन्ट कम्पनी एविसिडी अष्ट्रेलियाले प्रदर्शनको व्यवस्थापन मिलाएको हो । आगामी ८ डिसेम्वर विहीवारका दिन नोभा सिनेमामा प्रदर्शन हुने जात्राको टिकट अग्रीम बुकिङको समेत व्यवस्था गरिएको छ । टिकट मूल्य भने २५ डलर रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise