–निम्बल श्रेष्ठ
हे मेरी रेशु, कसरी हाँसू पीडाको रास छ
तिम्रो साथ मायालु हात, यही मात्र आस छ ।
तस्बिर तिम्रो कति राम्रो, नजर शीतल छ
सपनीमा बिपनीमा, यही नै झल्झल छ ।
तिम्रो ध्वनी कस्तो छनि, आतुर कान छ
सम्झेर तिमी यो मनभरि, जिबित प्राण छ ।
तिमीलाई भेटि दर्द मेटि, फुलाउनु माया छ
जीवनको धूप मिलेर खूब, झुलाउनु छाया छ ।
यो मेरो प्रीत हृदयको गीत, निश्छल चोखो छ
बिसाई भारी तिमीलाई प्यारी, बनाउने धोको छ
अब त आऊ धेरै नसताऊ, मन मन्दिर खाली छ
तिमीलाई बसाइ मन्दिर सजाइ, जिउनु यसपाली छ ।
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.