अष्ट्रेलियामा अर्को नेपाली संस्था एडिलाइड नेपाल गठन

0
1576

मेलबर्न । अष्ट्रेलियाको एडिलाइडमा रहेका नेपालीहरुको पहलमा सामाजिक संस्था एडिलाइड नेपाल गठन भएको छ । शनिवार भएको भेलालले गोकुल ढकालको अध्यक्षतामा संस्थापक कार्य समिति गठन गरेको छ ।

शनिवारको वैठकमा कार्य समितिको एजेण्डा,संस्थाको विधान लगायतका विषयमा छलफल भएको थियो । यस्तै कार्य समितिको काम कर्तव्य र अधिकार तोक्नेदेखि लिएर कार्य समिति गठनसम्मका काम सोही वैठकले गरेको छ । अष्ट्रेलियाको एडिलाइड क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको सेवाका लागि यो संस्था क्रियाशील रहने बताइएको छ । विदेशी भूमिमा रहेर पनि नेपाली भाषा,संस्कृति,पहिचानको संरक्षण र नेपालको पर्यटन प्रवद्र्धन गर्नु यो संस्थाको प्रमुख उदेश्य रहनेछ । नेपालीपनलाई एडिलाइडमा रहेका नेपाली समुदायबीच स्थापित गराउन यो संस्था सक्रिय रहने वैठकले निष्कर्ष निकालेको छ ।

नेपाली समुदायका हरेक अप्ठ्यारा र समस्याहरुमा साझेदारी गर्ने जस्तो बेरोजगारलाई रोजगारी खोज्न पहल गर्ने,अद्यागमन सम्बन्धी समस्यामा परेकाहरुलाई कानूनी परामर्श उपलब्ध गराउँने लगायतका महत्वपूर्ण कार्यहरुमा समेत यो संस्था क्रियाशील रहने प्रतिवद्दता व्यक्त गरिएको छ । साथै नेपाल र नेपाली समुदायसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु समेत क्रमशः आयोजना गर्दै लैजाने एडिलाइड नेपालको योजना रहेको बताइएको छ ।

adelaide

गोकुल ढकालको अध्यक्षतामा घोषणा गरिएको संस्थाको कार्यसमितिको सचिवमा इलु ढुँगाना र पब्लिक रिलेशन अफिसरमा उत्सव केसी रहेका छन् । यस्तै कोषाध्यक्षमा अर्चु ढकाल,आइटी र सोसियल मिडिया संयोजकमा विराट घिमिरे र विद्यार्थी सेवा संयोजकमा बलराम भट्टराई,सफल देवकोटा,सुरक्षा थापा,मिलन कार्की, मानव संशाधन सहायकमा अमोद भट्टराई,दिनेश ढुँगाना,अमित थापा,पराग पोखरेल र देवी उप्रेतीलाई जिम्मेवारी दिइएको छ ।

सोही छलफलले सोना रेग्मीलाई साधारण सदस्य चयन गरेको छ भने संस्थाले गर्ने विभिन्न इभेन्ट र कार्यक्रमहरुको संयोजन गर्न उत्सव केसी,गोकुल ढकाल,विराट घिमिरे,अमोद भण्डारी र सफल देवकोटालाई संयोजकको जिम्मेवारी दिएको छ ।

twgg-advertise