अष्ट्रेलियामा हुने नेपाल फेष्टिबलमा विदेशीलाई आकर्षित गर्न #tagAmate (‘ट्याग अ मेट’) अभियान

0
3085

मेलबर्न । नेपाली कला,संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले अष्ट्रेलियाको सिड्नी र मेलबर्नमा नेपाल फेष्टिबलको आयोजना हुँदैछ । ब्रिस्बेनमा भने नेपाल फेष्टिबल यसअघि भव्यताका साथ सम्पन्न भैसकेको छ ।

एनआरएनए अष्ट्रेलियाको आयोजनामा सिड्नी र मेलबर्नमा हुन लागेको नेपाल फेष्टिबलको प्रवद्र्धनका लागि ट्याग अ मेट (#tagAmate) अभियान शुरु गरिएको छ । यो अभियान अन्तर्गत एकजना नेपालीले एकजना AIstralian or  विदेशी मित्रलाई(American,canadain, indian etc  who live in Australia) नेपाल फेष्टिबलबारे जानकारी दिन ट्याग गर्नुपर्नेछ । नेपाल फेष्टिबलमा विदेशीहरुलाई पनि आकर्षित गराउन यो अभियान चलाइएको एनआरएनए अष्ट्रेलियाका सचिव टोनु घोतानेले बताउँनुभयो । यो अभियानका कारण मेलबर्न र सिड्नीमा हुने नेपाल फेष्टिबलमा विदेशीको समेत उल्लेख्य सहभागीता हुने अपेक्षा गरिएको उहाँले बताउँनुभयो । साथै यो अभियानले ती विदेशीहरुलाई नेपाल भ्रमणका लागि जान अभिप्ररित समेत गर्ने सचिव घोतानेले दाबी गर्नुभयो ।

nepal-festival

नेपाल फेष्टिबलको आयोजना गर्न पाउँदा निकै उत्साहित देखिनुभएका सचिव घोतानेले यो फेष्टिबल नेपाली पहिचान र नेपालको प्रवद्र्धनका लागि कोसेढुङ्गा हुने हिमालयन कङ्गारुलाई बताउँनुभयो । फेष्टिबलमा विदेशी साथीलाई पनि सहभागी गराउन मेलबर्न र सिड्नीका नेपालीहरु पनि उत्साहित भएकोले ट्याग अ मेट(#tagAmate)(#bringAmate) प्रभावकारी हुने उहाँले बताउँनुभयो । फेष्टिबलमा उत्साहका साथ सहभागी हुन उहाँले समपूर्ण अष्ट्रेलियावासी नेपालीहरुलाई हार्दिक अनुरोध पनि गर्नुभयो ।

ब्रिसबेनमा सम्पन्न नेपाल फेष्टिबलले थप उत्साह थपेको बताउँदै उहाँले फेष्टिबललाई भव्य र सफल बनाउन सहयोग पुर्याउने ब्रिसबेनवासी नेपालीलाई धन्यवाद दिनुभयो । फेष्टिबलले नेपालको प्रवद्र्धनका लागि राम्रो प्लेटफर्म तयार पारेको सचिव घोतानेले उल्लेख गर्नुभयो । यो फेष्टिबलपछि छिट्टै नेपाल प्रवद्र्धनको अर्को कार्यक्रम ल्याइने जानकारी पनि उहाँले दिनुभयो ।

#tagAmate  (ट्याग अ मेट )नेपाल फेष्टिबलमा अष्ट्रेलियामा रहेकालाई आकर्षित गर्न शुरु गरिएको सामाजिक सञ्जाल अन्तर्गतको ह्यास ट्याग भएको जानकारी पनि सचिव घोतानेले दिनुभयो ।