अष्ट्रेलिया सबैभन्दा बढी प्रतिघण्टा तलब दिने देश

0
12572

मेलबर्न । अष्ट्रेलिया विश्वमै सबै भन्दा बढी प्रति घण्टा तलब दिने देशको रुपमा रहन सफल भएको छ ।

विश्वप्रसिद्ध समाचार संस्था सिएनएनले तयार पारेको अमेरिका भन्दा बढी तलब पाउने देशहरुबारेको समाचारमा न्यूनतम् प्रतिघण्टा बढी तलब दिने देशमा अष्ट्रेलिया पहिलो नम्बरमा रहेको छ । अष्ट्रेलियामा प्रतिघण्टा न्यूनतम् १४.९८ डलर तलब पाइने उक्त सूचीमा उल्लेख छ ।

wage-chart-world-xl-hourlyअष्ट्रेलियापछि लक्जमबर्गमा १४.७५ डलर,फ्रान्स १२.६४ डलर,बेल्जियम ११.९० डलर,न्युजिल्याण्ड ११.६६ डलर प्रतिघण्टा तलब दिनेमा परेका छन् । यस्तै छैटौंदेखि १० औं देशमा आयरल्याण्ड,नेदरल्याण्ड,बेलायत,क्यानडा र अमेरिका रहेका छन् । अमेरिकामा प्रतिघण्टा ७.२५ डलर मात्र तलब दिने गरेको उक्त सूचीमा उल्लेख छ ।

wage-chart-world-xl-salariesतर वार्षिक रुपमा सबै भन्दा बढी तलब पाइने देशमा भने स्वीजरल्याण्ड सबैभन्दा बढी रहेको छ । त्यहाँका कर्मचारीहरुले वार्षिक न्यूनतम् ९५००२ डलर तलब पाउने उल्लेख छ । अष्ट्रेलिया पनि वार्षिक सबैभन्दा बढी तलब दिने देशको सूचीको टप फाइभमा पर्न सफल भएको छ । अष्ट्रेलियाको वार्षिक न्यूनतम तलब ७०,०५० डलर रहेको तथ्यांक सूचीमा उल्लेख छ ।

८ औं स्थानमा रहेको अमेरिकाको वार्षिक न्यूनतम तलब दर भने ५७,१३९ डलर रहेको छ ।

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here

twgg-advertise