लोकमानविरुद्धको महाभियोग फिर्ता लिउ

0
503

-लक्ष्मण गौतम

जनतालाई गफ चुटौ देश चाहि मजाले लुटौ भन्ने सिद्दान्त भएका पार्टीहरुको कमी छैन हाम्रो देशमा ! शिविरमा हुदै नभएका लडाकुको नाउमा राज्यकोषबाट ५ अर्व गएको छ । २ बर्षको बच्चाले समेत आँखा चिम्लेर भ्रष्ट्राचार भयो हजुर भन्न सक्छ तर हाम्रा कथित राष्ट्रबादी साथीहरु ५ अर्व भ्रष्ट्राचार गर्नेलाई होईन छानबिनको प्रकृया अगाडि बढाउनेलाई कारवाही गर्नुपर्छ भन्दै हुनुहुन्छ ! यो अचम्मको रोग कस्तो राष्ट्रबाद हो उनीहरु नै जानुन् तर ५ अर्वको छानबिन हुनैपर्छ !

लोकमान खराव ब्यक्ति थिए भने किन नियुक्त गरेको ? यदि अख्तियारको काम कर्मचारी मात्र समाउने,नेता छुनै नपाउने हो भने संबिधानमै लेखौं होईन भने छानबिन गरेकै निहूँमा महाअभियोग लगाएर जागिर चट गराउने यो कस्तो लोकतन्त्र हो ?

Do you want to get Australian Qualification or Work Visa or Permanent Residency in Australia ? Just Click Here.

twgg-advertise

शिविर घोटलादेखि मेडिकल कलेज काण्डसम्म डामेर अख्तियारले माओबादी र एमालेका २५–३० जना नेताहरुलाई कारवाहीको प्रकृया अगाडि बढाउनै लाग्दा यहा लोकमानलाई नै फाल्ने जुन खेल खेलिदैछ यसले नेपाललाई सधैका लागि भ्रष्ट्राचारको दलदलमा फसाउने निश्चित छ !
यदि आज काँग्रेस सत्ताको मोहमा परेर लोकमान लाई हटाउने र ५ अर्व खानेलाई बचाउने खेलमा लाग्छ भने त्यो नेपाल र नेपालीका लागि दुर्भाग्य नै हुनेछ ! नेपाली काँग्रेसले लोकमानको पक्षमा मत गरोस् र नेपालको ईतिहासकै सबै भन्दा ठुलो भ्रष्ट्राचार गर्नेहरुलाई कानुनको कठघारामा उभ्याउने काम गरोस ! काँग्रेसीहरु,कुर्चीका लागि होईन देशका लागि राजनीति गर !

नेपाली काँग्रेसका युवा नेताहरु गगन , प्रदीपले लोकमान प्रकरणमा काँग्रेसले एमाले र माओबादीलाई साथ नदिए दलहरुबीच दुरी बढ्ने र संबिधान कार्यान्वयन, निर्वाचनमा समेत असर पर्ने भएकाले एमाले,माओबादीलाई साथ दिनुपर्ने धारणा राखेको सुने तर म उहाहरुलाई प्रश्न गर्न चाहन्छु–
के नेपालमा भ्रष्ट्राचार गर्ने छुट छ ?

के नेपाली काँग्रेस संबैधानिक राजतन्त्र छाडेर गणतन्त्रमा आउनु उचित थियो ?

के नेपालमा संघियता,धर्म निरपेक्षता आवश्यक छ र सफल कार्यान्यवन हुन सक्छ  ?

–गणतन्त्र जोगाउने नाउमा भ्रष्ट्राचारीलाई छुट दिनुपर्ने ?

–गणतन्त्र जोगाउने नाउमा १७००० मान्छे मार्नेका मुद्दा फिर्ता लिनुपर्ने ?

–गणतन्त्र जोगाउने नाउमा प्रहरी जिउदै जलाउनेका मुद्दा फिर्ता लिनुपर्ने ?

युवा भनिने नेताहरु संबिधान कार्यान्वयन र निर्वाचन को कुरा छाड अब गणतन्त्रकै बारेमा सोच्ने बेला आएको छ !